भारतीय टेलिसिरियलकी अभिनेत्री अर्शी खानले आफू राजनीतिबाट टाढा भएको बताएकी छ।

चुनाबका बेला भारतीय राष्ट्रिय कंग्रेसमा प्रवेश गरेकी खानले ६ महिनामै राजनीति छाडेको घोषणा गरेकी हुन्।

एक फिल्म सुटिङको क्रममा उनले पत्रकारसँग कुरा गर्दै आफू राजनीति छाडेको बताएकी हुन्।

उनले स्टेजमा नाच्नु पर्ने, बिकनी लगाउनु पर्ने मान्छेलाई राजनीति नसुहाउने भएका कारण आफूले राजनीछि छाडेको बताएकी हुन्। ‘कलाकारले जनताबीच स्टेजमा शो गर्नुपर्छ, ठुम्का लगाउनु पर्छ, बिकनी लगाउनुपर्छ’, उनले भनिन्, ‘यो जीवनशैली एक नेताका लागि सही रैन’छ। यसकारण मैले राजनीति छाडेँ।’

उनले भारतीय प्रधानमन्त्री नरेद्र मोदीले गरेको कामप्रति आफू खुसी रहेको बताउँदै घारा ३७० को हटाउनु देशको हितमा रहेको प्रतिक्रिया दिएकी छन्।

अभिनेत्री खान यतिबेला सन्दीप कुमारको फिल्म ‘रहम दिल कातिल’ को सुटिङमा व्यस्त छिन्। यो फिल्ममा खानका अलबा शाहबाज खान, गुरलिन चोपड़ा, जुबिर के खान, वैभव माथुर, मनोज टाइगर आदि कलाकारको मुख्य भूमिका रहेको छ।

तपाईको प्रतिक्रिया