काठमाडौं । चर्चित गायक पुष्पन प्रधानको सांगीतिक टुर आज दमकबाट सुरु भएको छ । टुवोर्गको आयोजनामा चर्चित गायक पुष्पन प्रधानको पुर्वाञ्चल साङ्गितिक टुर भदौ १२ गते विहीबाट सुरु भएको हो । दमक बाट सुरु भएको साङ्गितिक टुर भदौ १९ गते सम्म पुर्वाञ्चलका विभिन्न ठाउँमा आयोजना हुनेछ । दमकसंगै १३ गते पथरी, १४ गते ईटहरी, १५ गते विर्तामोड, १८ गते ईलाम र १९ गते काकडभिट्टामा आयोजना हुने भएको छ । पुष्पनको साङ्गितिक टुरमा उनलाई विकल्प व्याण्डले साथ दिनेछ ।

माथी उल्लेखित स्थानहरु बाहेक अन्य स्थानमा पनि कार्यक्रम हुने पुष्पनले बताएका छन् । देश तथा विदेशमा विभिन्न साङ्गितिक टुर गरिसकेका पुष्पनको नेपालमा पुर्वाञ्चल टुर हुन लागेको हो । केही समय अगाडी चर्चित साङ्गितिक रियालिटी शो नेपाल आइडलमा उनले गाएको गीत ‘पंछी’ निकै चर्चित बनेको थियो ।

डुवर्स निवासी पुष्पन पछिल्लो समय नेपाली फिल्मको प्ले ब्याक सिङ्गिङमा समेत व्यस्त बन्ने गरेका छन् । दर्जनौँ हिट गीत नेपाली संगीत क्षेत्रलाई दिइसकेका गायक पुष्पनको आगामी साङ्गितिक टुर अमेरिका, यूएई लगायतका देशमा हुनेछ

तपाईको प्रतिक्रिया