———
ईटहरी/ मार्टिना मेकअप स्टुडियो एन्ड ट्रेनिङ्ग सेन्टरको दोस्रो वार्षिक उत्सव सम्पन्न भएको छ । सौन्दर्यकलाको सिप सिकाएर विभिन्न व्यक्तिहरुलाई आत्मनिर्भर गराउँदै आएको र विभिन्न सामाजिक काममा तथा इटहरी र इटहरी आसपासमा हुने प्राय: जसो कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहभागी हुँदै आएको मेकअप स्टुडियो हो मार्टिना मेकअप स्टुडियो ।

दुई वर्षको अन्तरालमा मार्टिना मेकअप स्टुडियो एन्ड ट्रेनिङ्ग सेन्टरले ११०० (एघार सय) भन्दा बढी महिला तथा युवतीहरुलाई तालिम दिएर स्वरोजगार र आत्मनिर्भर बनाई सकेको छ । त्यस्तै एकल महिला, आर्थिक अवस्था कमजोर भएकाहरूलाई पनि निःशुल्क तालिम दिएर आत्मा निर्भर बनाएको मार्टिना मेकअप स्टुडियो एन्ड ट्रेनिङ्ग सेन्टरकी सञ्चालिका उर्बी श्रेष्ठले बताईन ।

मार्टिना मेकअप स्टुडियो एन्ड ट्रेनिङ्ग सेन्टरले दोस्रो वार्षिक उत्सवको उपलक्ष्यमा ४ ब्यक्तित्वलाई सम्मान समेत गरेको छ । सम्मान हुनेमा परिकला मिडिया प्रा.लि. (डिथ्री अनलाइन) का सञ्चालक खेमराज श्रेष्ठ (सुवास संकल्प) हुन भने दोस्रो सम्मान हुनेमा इटहरी सेन्टर प्लाजाका सञ्चालक राजेश श्रेष्ठ र तेस्रो सम्मानित भेस्पा स्कुटर इटहरी डिस्टिब्युटर कुमार श्रेष्ठ र चौथो नेपाल आईसका क्षेत्र नं. १ इन्चार्ज खेम कुईकेल रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम बहादुर पौडेल थिए भने विशिष्ट अतिथिको रूपमा उघोग वाणिज्य संघ इटहरीका बरिष्ट उपाध्यक्ष दिवस पोखरेल, उद्योग वाणिज्य संघ इटहरीका कोषाध्यक्ष गायत्री कटवाल भण्डारी, इलाका प्रहरी कार्यालय इटहरीका डी. एस. पी. समीर चन्द्र खरेल र सौन्दर्य कला व्यवसायी संघ क्षेत्र नं. १ की अध्यक्ष ममता प्रधान र ईटहरिका बिशिस्ट व्यक्तिहरु अतिथिको रुपमा सहभागि भएका थिए । वार्षिक उत्सव कार्यक्रम होटल त्रियुगा ईटहरीमा बुधबार सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया