नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज आईसक्यो । तीजलाई धार्मिक र सामाजिक पक्षबाट हेर्ने गरिन्छ । तीजमा अघिल्लो दिन राती टन्न खाएर भोलीपल्ट पानी सम्म पनि नखाई ब्रत बस्ने चलन छ । दरको नाममा बिभिन्न परिकार खाने र त्यसले स्वास्थ्यामा समेत असर पर्ने देखिएका छन् । अझ पछिल्लो समयमा तीजको नाममा एक महिना अघि देखी नै पार्टी प्यालेसमा जम्मा भएर दरखाने चलन छ । बास्तविक दर तीजको अघिल्लो दिन राती खाने गरिन्छ ।
तीजमा ब्रत बस्नै पर्छ भन्ने छैन तर पनि अघिकाँश महिलाहरु स्वास्थ्यलाई ख्याल नगरी ब्रत बस्छन् । बर्षमा एक दिन त हो भनेर पानी पनि नखाई ब्रत बस्नाले स्वास्थ्यमा समस्या आई दिर्घ रोगी समेत हुन सक्ने बिशेषज्ञहरु बताउँछन् । एक दिनमात्र शरिरले आफूलाई चाहिने क्यालोरी प्राप्त गर्न सकेन भने पनि त्यसले समस्या ल्याउन सक्छ । हामीले आहार परामर्श बिशेषज्ञ डाईटिसियन श्रीबिद्या कायस्थसंग तीजको दरमा के कस्तो कति खाने र कस्ता व्यक्तिले ब्रत बस्ने भन्नेबारे कुरा गरेका छौं हेरौं यो तलको भिडियो ।

तपाईको प्रतिक्रिया