काठमाडौँ । आरके इन्टरटेन्मेन्ट ग्रुपको ब्यानरमा तेस्रो मिस ग्राण्ड नेपाल २०१९ ग्रुमिंग सेसन भैरहेको छ। देशका बिभिन्न भागबाट आयका १६ सहभागी हरुलाई अन्तिम प्रतिस्प्रधामा समाबेश गरिने हालै गरिएको प्रतियोगीहरुलाई स्वागत तथा पत्रकार भेटघाट मार्फत् उल्लेखीत कुराको जानकारी गराइएको छ ।
आयोजक पक्षका अनुसार मिस ग्राण्ड नेपाल २०१९ का प्रमुख चार उपाधि विजेताहरुले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् । नेपालको दोस्रो सौन्दर्यको उपाधि प्राप्त गरेको मिस ग्राण्ड नेपालले नेपालका प्रख्यात ठाउँहरुमा अडीसन सकी अभिमुखि तालिम सुरू गरेको हो ।
युवा तथा जोसिला प्रशिक्षकहरुबाट प्रशिक्षण भईरहेको छ । जस अनुसार कोरीयोग्राफ़र रोजिन शाक्य, फोटोग्राफर महेश प्रधान, मनिष निमा अमात्य , भिडियोग्राफर राम राई , डान्स तथा जुम्बा बिशाल आचार्य , बियुटीसेन रोजिना सुवाल तथा बिभिन्न चिर परिचित व्यक्तिहरुबाट प्रशिक्षण भईरहेको छ । फिनाले राउन्डको ड्रेस डिजाईनरहरुमा रोहित चौधरी, सेन्टर फेसन हब धर्मेन्द्र गुप्ता चुनिएका छन् ।
प्रतियोगिताका विजेताले नगद पुरस्कार,सहित अन्य उपहारहरु प्राप्त गर्ने जनाइएको छ । राजधानी शहरमा ग्राण्ड फिनाले संचालन गरिने आयोजक पक्षले जनाकरी गरायो । उक्त कार्यक्रमलाई Empire International Education and Visa Services ले साथ् दिएको छ ।
यस अघि मिस ग्राण्ड नेपाल २०१८ सम्पन्न मिस उरुसा जोसीले नेपालको तर्फबाट आफुलाई पहिचान गरे नेसनल कस्टुममा नेपाल टप ५ मा समेत परेको थियो आरके इन्टरटेन्मेन्टले यस वर्ष देखि आफ्ना ४ बिजेताहरुलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाल र नेपालीको शिर ठाडो बनाउदै “Visit Nepal 2020″ लाई सहमेत समेट्ने पत्रकार भेटघाट मार्फत् निर्देशक लक्की राम केसीले जानकारी गराउनु भयो।