एजेन्सी। सुशान्त सिंह राजपुत र श्रद्धा कपूरको फिल्म छिछोरे आज रिलिज भएको छ । यो फिल्म विश्वविद्यालयमा पढ्ने ७ साथीहरुको कहानी हो । फिल्मको ट्रेलरले मिश्रित प्रतिक्रिया पाएको थियो तर फिल्म भने दर्शकले निकै मन पराएका छन् । सामाजिक संजालमा फिल्मबारे प्रतिक्रिया आउन सुरु भएको छ । दर्शकहरुले यो फिल्मलाई हेर्नैपर्ने फिल्म भनेका छन् ।

एक दर्शकले ट्वीटरमा लेखे ‘यस वर्ष हेरेका श्रेष्ठ फिल्ममध्ये एक । टिचर्स डेमा अभिभावक र विद्यार्थीहरुले यो फिल्म हेर्नैपर्छ । धेरै ड्रामा मस्ती र सबक । मलाई मन पर्यो । नितेश तिवारी एक अद्भूत स्टोरीटेलर हुन् । अर्का दर्शकले लेखे ‘म व्यक्तिगत रुपमा आज सबैलाई यो फिल्म हेर्ने सल्लाह दिन्छु । यो फिल्म हेर्नैपर्छ । यो निकै जरुरी फिल्म हो । फिल्ममा जीवनको महत्व र संघर्ष जारी राख्ने कहानी छ ।’

फिल्मलाई निकै मन पराइएको छ । फिल्मको स्क्रिप्ट निर्देशनको निकै प्रशंशा भइरहेको छ । फिल्मलाई नकारात्मक रिभ्यू दिइएको छैन । फिल्मले बक्स अफिसमा धमाकेदार कमाइ गर्ने अनुमान गरिएको छ । छिछोरेको टक्कर प्रभासको फिल्म साहोसँग छ । जुन हिसाबले फिल्मको प्रतिक्रिया आएका छन् त्यसले यो फिल्म साहोको लागि धक्का हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया