काठमाडौं । मोडलिङ सम्बन्धी नेपालकै एकमात्र प्रतिष्ठिन कार्यक्रम ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को अन्तिमस्पर्धा यहि शनिबार (२८ भदौमा) होटल सोल्टीक्राउन प्लाजा हुँदैछ।

प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए। प्रतियोगितामा देशभरबाट छानिएका ५५ जना युवायुवती भिड्दै छन् । जसको लागि उनीहरुले श्रावणको पहिलो सातादेखि प्रशिक्षण सहित तयारी गरेका हुन्।

व्यक्तित्व विकास, फोटो सुट, भिडियो प्रोफाइल, सामाजिक संजाल व्यवस्थापन, ट्राफिक रुल अवेरनेस, नेपाल ब्रेष्ट क्यान्सर फान्डेसनको सहयोगमा ब्रेष्टक्यान्सर अवेरनेश, फ्ल्यास मोभलगायत उनीहरुको बिभिन्न प्रशिक्षण अहिले अन्तिम सातामा चलिरहेको छ।

प्रशिक्षणको क्रममा उनीहरुलाई सेल्फ मार्केटिङ र सेल्फ मेकअप लगायतको समेत प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।

प्रतियोगिको प्रतिभा निखार्ने प्रशिक्षकको जिम्बेवारी अभिनेत्री तथा मोडल परमिता राज्यलक्ष्मी राणा, रोजिन शाक्य, थेन्डुप शेर्पा वनिसा मुल्मि श्रेण, निश्चल श्रेष्ठ लगायतले निर्बाह गरेका थिए।

रोजिन शाक्य प्रतियोगिताको मुख्य प्रशिक्षक पनि हुन्।
प्रतियोगिताकै लागि भनेर भारतिय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोर आइतबार नेपाल आइसकेका छन् ।
कार्यक्रममा मोडल हन्ट नेपालका उत्कृष्ट युवायुवतीले र्याम्प समेत नाप्ने कार्यक्रममा रहेको छ।

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकासलगायत उदेश्यले आयोजना हुँदै आएको यो प्रतियोगिता व्यवसायिक मोडल उत्पादन गर्ने नेपालको पहिलो सौदर्य प्रतियोगिता भएको हो।

बिगत पाँच वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा एक महिला र एक पुरुष शीर्ष बिजेता छानिने नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया