इटहरी/ नेपालीहरुको महान पर्व दशै टीकाको आज दोश्रो दिन । देश बिदेशमा रहेका नेपालिहरुले दशै हर्सोल्लासका साथ मनाईरहेका छन् । यस्तैमा नेपालका चर्चित अनुहारले पनि ब्यस्ततालाई पर सार्दै दशै मनाएका छन् । सिनेमा र संगीतका सेलिब्रेटीहरुले मान्यजनहरुबाट टीका ग्रहण गरेका छन् भने केहिले काममै ब्यस्त रहे ।

सामाजिक संजालमा समेत एक्टिभ रहने सेलिब्रेटीले दशै टिकाको तस्वीरहरु फेसबुक तथा ईन्स्टाग्राममा सार्बजनिक गरेका छन् । यस्तै महा नायकको उपमा पाएका राजेश हमालले पनि आफ्नो परिवार संगै दशै मनाएका छन । उनले “मेरो टिकाको पहिलो दिन, बिजया दशमीको सुभकामना” भन्दै आफू संगै धर्मपत्नी मधु र परिवारको तस्वीरलाई फेसबुक आईडिबाट अप्लोड गरेका छन् । हेर्नुस् सार्बजनिक तस्वीरहरु ।

तपाईको प्रतिक्रिया