प्रियंका चोपडा र फरहान अख्तरको मुख्य अभिनय रहेको बलिउड फिल्म ‘द स्काई इज पिङ्क’ शुक्रबारबाट प्रदर्शनमा आएको छ।

सन् २०१६ मा प्रदर्शनमा आएको ‘दिल धड्कने दो’ पछि यसै फिल्ममार्फत बलिउडमा कमब्याक गरेकी प्रियंकाको फिल्म ‘द स्काई इज पिङ्क’ ले भने दर्शकको मन जित्न नसकेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

फिल्मले प्रदर्शनको पहिलो दिन मात्र साढे करोडको व्यापार गरेको छ। भारतीय फिल्म बजारमा प्रियंका र फरहानको अनस्क्रिन टिमअपमा उल्लेखित व्यापार आँकडा निकै कम मान्न सकिन्छ।

शोनाली बोसको निर्देशनमा बनेको फिल्ममा प्रियंका र फरहानका साथमा जायरा वसीम, रोहित सराफलगायतको अभिनय छ। फिल्म मोटिभेसनल स्पिकर आइशा चौधरीको जीवन कथामा आधारित छ।

तपाईको प्रतिक्रिया