दक्षिण कोरियाको चर्चित सांगितिक ब्यान्ड एफएक्स की पूर्व सदस्य समेत रहेकी चर्चित पप गायिका सुल्लीको निधन भएको छ। उनको शब सोमबार घरमै मिलेको थियो। सुल्ली केही समयदेखि साइबर हमलाविरुद्ध आवाज उठाइरहेकी थिइन्।

२५ वर्षीया सुल्लीको जन्म १९९४ मा भएको थियो। उनको असली नाम चोइ जिन री हो।

अंग्रेजी वेबसाइट डिएनएको खबर अनुसार सोमबार सुल्लीको शव दक्षिण कोरियाको राजधानी सियोलको सियोग्नाम सहरमा रहेको उनको घरमा फेला परेको थियो।

पुलिसले जनाएअनुसार सुल्लीका म्यानेजरले उक्त रात सुल्लीसँग सम्पर्क गर्ने कोशिस गरे। तर, सम्पर्क हुन नसेपछि म्यानेजर सुल्लीसँग भेट गर्नका लागि उनको घर पुगे। जहाँ उनी मृत फेला परेकी थिइन्।
सुल्लीले २००९ सालमा पाँच सदस्य रहेको ब्यान्ड एफएक्समा आवद्ध भएकी थिइन्। उनी यस समूहकी सबैभन्दा चर्चित गाइका थिइन्। उनले २०१५ मा एफएक्स छोडिदिएकी थिइन्। त्यसपछि उनले एक्लै गाउन सुरु गरेकी थिइन्।

सुल्ली साथैदेखि प्रतिभावान थिइन्। सुल्लीले २००५ मा ११ वर्षको उमेरमा नै ख्याति कमाई सकेकी थिइन्। उनी लामो समयदेखि मानसिक समस्याबाट ग्रसित रहेको बताइए पनि मृत्युको कारण भने खुल्न सकेको छ।

तपाईको प्रतिक्रिया