यो लेख्दा गलत नहोला कि, यतिबेला सिंगो बलिउड एकातिर र नायिका कंगना रनावत अर्कोतिर छन् । बलिउडका धेरै कलाकारसँग कंगनाको वार चलिरहेको छ । तर, यसले उनलाई खासै फरक परेको छैन । कंगनाको विरुद्ध बलिउडकर्मीमा ठूलै गुट पनि छ ।

कंगना अब आफ्नै फिल्म प्रोडक्शन हाउस खोल्दै छिन् । कंगनाले भारतीय मिडियालाई दिएको जानकारी अनुसार, उनको प्रोडक्शन हाउस जनवरीबाट सुरु हुँदैछ ।

कंगनाले आफ्नो प्रोडक्शन हाउसबाट बन्ने चलचित्रलाई सानो बजेटमा बनाउने बताएकी छिन् । उनले भनिन्–‘यदि, जज मेन्टल हे क्या’मा म नभएको भए, यो ब्लकबस्टर चलचित्र हुन्थ्यो । किनकी, मविना यो चलचित्रको बजेट १० करोड हुन्थ्यो ।’

कंगनाले अगाडि भनिन्–‘म केही साना बजेटका चलचित्रमा काम गर्न चाहन्छु । हुनत, म ठूलो बजेटको चलचित्रमा पनि काम गर्छु ।’ कंगनाले आफूले बनाउने चलचित्रमा आफै अभिनय नगर्ने समेत घोषणा गरेकी छिन् । उनले, मिड डेसँग भनेकी छिन्–‘म आफैले बनाउने चलचित्रमा काम गर्दिनँ । किनकी, भारतमा थुप्रै प्रतिभाहरु छन् । म उनीहरुलाई मसँग काम गराउनेछु र उनीहरुलाई प्रशिक्षण पनि दिनेछु ।’

कंगनाले आफ्नो प्रोडक्शनमा बन्ने चलचित्रका लागि थुप्रै स्क्रिप्ट आएको समेत सुनाएकी छिन् । उनका अनुसार, शक्तिशाली कथा कहिले पनि असफल हुँदैन ।

तपाईको प्रतिक्रिया