गायक सुरेन गौतमले नयाँ गीत ‘सपनी मै आउनु ’को म्युजिक भिडियोलाई सार्वजनिक गरेका छन ।
गीतमा राम अविरलको शब्द र विक्रम थापाको संगीत रहेको छ । प्रहिल कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोमा अखिल बास्तोलाको छायाकंन र फुर्वा लामाको सम्पादन रहेको छ ।
प्रहिल कार्की र पूजा भट्ट अभिनित भिडियोमा अन्जिता कंडेलको स्टोरी र कन्सेप्ट रहेको छ । गायक गौतमको यसअघि ‘प्रनभ‘ र
सांगीतिक एल्बम बजारमा आइसकेको छ भने ‘शुभ जीवन’ एल्बम आउने तयारीमा रहेको छ यो गीत यसै एल्बममा समाबेश छ। ‘सपनी मै आउनु ’को गीत र म्युजिक भिडियो दुवै अत्यन्त आकर्षक बनेको छ र दर्शक श्रोता हरुको मन जित्नेमा गायक गौतम बिश्वस्त छन ।
निर्देशक प्रहिल कार्कीले भिडियोमा आफ्नो निर्देशकीय क्षमता प्रदर्शन गरेका छन ।

https://www.youtube.com/watch?v=6Kp9BtWVKbg&feature=share&fbclid=IwAR3pl9L-V-1bEyGVo5QUYpzQpJE_8PNS9Y6EKROZN8_XBqFqLzmaF5FeAPE

तपाईको प्रतिक्रिया