काठमाडौं कार्तिक ३ – नेपाली गीत संगीतको बजारमा एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका उत्पादनहरु सार्बजनिक भैरहेका छन् सोहि क्रममा चर्चित मोडल रियासा दाहाल र ओबि रायमाझी र साहिल सुनारको अभिनयमा रहेको “सिंदुर” नामक गीतको म्युजिक भिडियो पनि सार्बजनिक भैसकेको छ । यस गीतको म्युजिक भिडियोलाई गत शुक्रबार श्रष्टा चन्द्र शर्माले उक्त गीत को बिमोचन गरेका हुन । उनले गीत अत्यन्तै उत्कृष्ट रहेको र दर्शकको मन जित्ने बताए थिए ।

अन्जु पन्त र रोशन सिंहको सुमधुर स्वर रहेको गीतमा शब्द र संगीत पनि रोशन कै रहेको छ, भने भिडियो तर्फ प्रथम खड्का को निर्देशन, नबराज उप्रेतिको छायांकन र शिलन लम्सालको सम्पादन रहेको छ ।

भिडियो सार्बजनिक कार्यक्रमलाई राजेश बर्देवाले संचालन गरेका थिए । कार्यक्रममा यम क्षेत्री, सन्तोष के.सी शोभा, त्रिपाठी लगाएतले शुभकामान मन्तब्य राखेका थिए भने ओबि रायमाझिले सबै आगन्तुकहरुलाई स्वागत मन्तब्य राखेका थिए । ओबिजी इन्टर्टेन्मेन्ट्ले बजार ब्यबस्थापन गरेको गीत भिमा सुनार को प्रस्तुती हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया