काठमान्डाँै , कात्र्तिक ४
बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको पारिवारिक कथानक चलचित्र “ मेरो दिल छ पोखरामा ” को अहिले पोष्ट प्रोडक्सनको काम धमाधम भैरहेको छ ।
शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलचित्रमा युवा युवती विच हुने त्रिकोणत्मक प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ ।कला राईको प्रस्तुती चलचित्रमा रहेको छ । चलचित्रमा राजु पौड्याल ,रन्जु रन्जना र रोशन बिसि ले डेब्यु गर्दैछन भने दिपक राई,कला राई, गगा कुवर,लक्ष्मी श्रेष्ठ ,हेम लता घिमिरे ,लक्ष्मण भण्डारी ,विशाल सुनुवार को अभिनय रहेको छ ।

बिश्वास भण्डारी को सम्पादन रहेको चलचित्रमा रामकृष्ण कडेल को छायांकन ,देव महर्जन को द्वन्द,राजन महर्जन को नृत्य कबिन खड्का को श्रीङार रहेको निमार्ण पक्षले बताएको छ । पुरुषोत्तम न्यौपाने ,पुष्कर सुनुवार ,शंकर अधिकारी घायलको संगीत मा ,नित्याशिवा,पुरुषोत्तम न्यौपाने ,सिडि बिजय अधिकारी ,ममता मगर को स्वर अनि दिपेन्द्र खड्का र शंकर अधिकारी घायलको शब्द रहेको छ । चलचित्रलाई पौष ११ मा अल नेपाल रिलिज गरिने निमार्ण पक्षले बताएको छ ।

तपाईको प्रतिक्रिया