काठमाडौं– बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ३२ वर्षकी भएकी छिन् । २ जुन १९८७ मा मुम्बईमा जन्मिएकी सोनाक्षीले पहिले त अभिनयमा लाग्छु भन्ने सोचेकै थिइनन् । तर, सन् २०१० मा उनले सलमान खानको फिल्म दबंगबाट बलिउडमा इन्ट्री गरिन् । त्यति बेला उनको तौल ९० किलो थियो । सलमान खानले उनलाई तौल घटाउन निर्देशन दिएका थिए ।

उनले एक अन्तर्वार्तामा सलमान खानलाई धन्यवाद दिँदै भनेकी थिइन्– मैले सलमानकै कारणले आफ्नो तौल घटाएँ । फिल्ममा आउनकै लागि आफूले ३० किलोभन्दा धेरै तौल घटाएको उनले बताएकी थिइन् । उनले जिमसँग एलर्जी भए पनि आफूले सलमानले भनेकाले नै त्यसमा काम गरेको बताएकी थिइन् ।

तर, सोनाक्षीले कहिल्यै पनि जिम गएपछि आफ्नो तौल नाप्न चाहिँ नापिनन् । तर, उनलाई आफू विस्तारै फिट हुँदै गएको चाहिँ आभास भयो । यसका लागि पनि उनले सलमानलाई नै धन्यवाद दिन्छिन् ।

तपाईको प्रतिक्रिया