नेपाली गीत संगीतमा आफ्नो फरक स्वादका गीत संगीत बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रतिभावान गायक अंकित बाबु अधिकारीले आफ्नो अर्को बिल्कुलै नयाँ गीत ” रफ्तार रफ्तार ” लिएर आएका छन। पृथक शैली ,शब्द चयन , र दृश्य भाषाका माध्यमबाट कलात्मक ढंगले भिडियोमा स्टोरी टेलिङ्गको प्रयोग गर्ने रुचाउने गायक अधिकारीका ‘राम नाम’, ‘सम्झनालाई’ बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन् ।
‘रफ्तार रफ्तार’ बोलको गीतमा गायक अधिकारीलाई चिहानमा गीत गाउदै गर्दै गरेको देख्न सकिन्छ । चिहानमा जादा सबैको मन दुखित हुन्छ नै तर उनले दुखित मुडलाई बदल्दै चिहानमा बिश्राम लिदै गरेका आत्माहरुलाई खुशी बनाउन गीत सुनाउछ्न । उनको गीत सुनेर अन्त्यमा चिहानबाट मरेकाहरुले ताली बजाउदै आनन्द र खुशी प्रकट गरेको आवाज सुन्न सकिन्छ ।
‘ रफ्तार ‘ बोलको यस प्रयोगात्मक गीतमा स्वर र संगीत गायक अंकित बाबु अधिकारीको रहेको छ । गीतका शब्द अन्वेष राई थुलुङ्गले लेखेका हुन । गीतको संगीत संयोजन शार्दूल श्रेष्ठ ” च्यांग ” ले गरेका हुन ।
गीतको भिडियोलाई विकेश बज्रले खिचेका हुन भने सुनिल पौडेलले सम्पादन गरेका हुन् । नेपाली गीत संगीत क्षेत्रमा आवाज , प्रस्तुति , निर्माण पक्षमा नयाँ आयाम र उचाई प्रदान गर्दै अघि बढिरहेको आर्टमाण्डुको निर्माणमा भिडियो तयार भएको हो ।

तपाईको प्रतिक्रिया