नेपालमा महिला फिल्ममेकर नगन्य छन् । तर एउटा संयोग के भइदिएको छ भने नेपाली फिल्म इतिहासमा व्यावसायिक रेकर्ड राख्ने छक्का–पञ्जा सिरिजको निर्देशक महिला हुन् दीपाश्री निरौला । उनी निर्देशित तेस्रो फिल्म छक्का–पञ्जा ३ ले प्रदर्शनको १२ औं दिनमा १६ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माताको दाबी छ !
तीन फिल्मको सफलताको जस निर्देशकका रूपमा कति लिनुहुन्छ फिल्मलाई अब्बल बनाउने पहिलो तत्त्व पटकथा हो । कथालाई इन्गेजिङ बनाउन पटकथाको अहम् भूमिका हुन्छ । त्यसपछि छायांकन निर्देशन र सम्पादनको काम हुन्छ । सबैको केन्द्रमा निर्देशन हुन्छ । त्यसैले मैले जस पनि सोहीअनुरूप पाउँला ।

तीतो–सत्य मा सहायक निर्देशक हुनुहुन्थ्यो फिल्ममा निर्देशक नै बन्नुभन्यो । यो छलाङ कतिको मुस्किल थियो एकदमै गाह्रो भयो । फिल्मको क्यानभास नै ठूलो । टेलिफिल्म क्लोजअप मिडिया भएकाले डेप्थ चाहिंदैन्थ्यो । सिनेमामा डिटेलिङ चाहिन्छ । टेलिफिल्मको प्रभावबाट मुक्त हुन हामीले छ एकान छ मा दिनेश डीसीलाई निर्देशक लियौं ।

उहाँको मेकिङ शैली गज्जबको थियो । दोस्रो फिल्म वडा नम्बर ६ मा निर्देशक उज्ज्वल घिमिरेबाट पात्रलाई समातेर सलल बगाउने शैली सिकें । तीतोसत्य ले चाहिँ मलाई कसिलो र रसिलो ढंगले कथा भन्न सिकाएको थियो । यी तीन सिकाइको सम्मिश्रणपछि बल्ल ममा आत्मविश्वास आयो र छक्का–पञ्जा को निर्देशनको कमान्ड सम्हालें । जति जाने अभ्यासबाटै जानें पढेको केही छैन ।

तपाईको प्रतिक्रिया