नव गायक प्रदिप लाकन्द्रीले आफ्नो पहिलो डेब्यु गीत ‘नजिकै बसौ’ सार्वजनिक गरेका छन । भोजपुरमा जन्मिएका यी गायक लाकन्द्रीले काठमान्डौमा संगीतमा आफ्नो भविष्य खोज्दै अघि बढिरहेका छन । औपचारिक रुपमा संगीत सिकेर संगीतमा लागेका यी गायकले यसघि आफ्नै घरदेशमा [स्टुडियो भर्सन] र भोजपुर जिल्ला जुहारी ब्याटल युगल गायनमा रहेको गीतमा आफ्नो स्वर दिसकेका छन ।

संगीतमा लागेर नाम, दाम र सम्मान कमाउने सपना देखेका यी गायकको नजिकै बसौ म्युजिक भिडियो पहिलो अफिसियल भिडियो हो । यस गीतमा प्रदिप लकान्द्री र मिना निरौलाको युगल गायन रहेको छ ।गीतका शब्द सानु कोबिदले लेखेका हुन भने संगीत सुरेन्द्र कुमार साहीको रहेको छ । संगीत संयोजन रिकेश गुरुङले गरेका हुन ।
गोदावरीको सुन्दर रमणीय ठाऊमा शुट गरिएको भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका हुन । बिकाश ज्ञवालीले भिडियो सम्पादन गरेका हुन ।सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोमा प्रकाश रामदाम र रिमा बिश्वकर्माको अभिनय रहेको छ । सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

तपाईको प्रतिक्रिया