Thursday, 28th May 2020
28 May 2020

कुरा मात्र भो पुग्यो २५औँ भागमा प्रवेश

काठमाडौ । एनटिभी प्लसबाट प्रसाराण् भइरहेको हाँस्य टेलिचलचित्र ‘कुरा मात्र भो’ २५ औँ भागमा प्रवेश गरेको छ । समसायिक घट्ना तथा विषयवस्तुलाई टिपेर हाँस्यव्यंग्यात्मक शैलीमा चोटिलो प्रहार गरिने प्रस्तुतिकरणका कारण ‘कुरा मात्र भो’ले दिनानुदिन दर्शकको मन जितिरहेको छ । यस सिरियलमा पुराना तथा नयाँ कलाकारहरुले अभिनय गरिरहेका छन् ।

सिरियलमा रोशनी सापकोटा, उत्तम अर्याल कोदे, रामप्रसाद महर्जन, लक्ष्मण चौँलागाई ,भोला अधिकारी, धर्म भण्डारी, विरूप घले, ग्याम्जो लामा, कपिल देवकोटा, गोपाल ज्ञवाली, दिपेन्द्र तामाङ, सुष्मा जिमी, सुमित्रा रिमाल, मनोज श्रेष्ठ, ठाकुर आचार्य , प्रनिश गिरी, ईन्द्र आलेमगर, लिजा रानामगर, मेनुका गुरूङ लगायतको अभिनय रहेको छ । यसमा छायाँकार समीर राईको छ भने संगीत तथा गायन मिनप्रकाश ओलीको छ । मनिष कार्र्कीको सम्पादन रहेको सिरियलमा भोला अधिकारीको सह निर्देशन छ ।

निर्देशक अर्जुन गौतमले भने , सिरियल परिमार्जन गर्दै विकृति विसंगतीलाई चोटिलो प्रहार गरेका कारण सिरियल दर्शकको मनमा बस्न थालेको हो । यहि सिरियललाई निरन्तरता दिने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *