मुम्बई। बलिउडकी दिग्गज गायिका लता मंगेशकरलाई अस्पतालमा भर्ना गरिएको छ। उनलाई लतालाई श्वासप्रश्वासमा समस्या भएको छ। लताको अइतबार राति स्वास्थ्यमा समस्या देखा परेको थियो।

राति २ बजे उनलाई श्वास फेर्न समस्या भएपछि विहानै परिवारका सदस्यले ब्रीच क्याण्डी अस्पतालमा भर्ना गराएका थिए। उनलाई भाइरल इन्फेक्शन भएको थियो। अहिले उनको स्वास्थयमा सुधार भइरहेको छ।

भारतकी स्वर कोकिलाका रुपमा चिनिने लताले २८ सेप्टेम्बरमा आफ्नो ९० औं जन्म दिन मनाएकी थिइन्। मानिसको मन मुटुमा राज गरेकी लताको जीवनसँग जोडिएका दश रोचक विषयमा आज हामी जानकारी दिन गइरहेका छौं।

लता मंगेशकरको पहिला नाम हेमा थियो। तर जन्मिएको पाँच वर्षपछि उनका आमा बुवाले उनको नाम लता राखिदिएका थिए। लताले पाँच वर्षको उमेर संगीत सिक्न सुरु गरेकी थिइन्। उनका गुरु दिनानाथ मंगेशकर हुन्। दीनानाथ उनको बुवा हुन्। उनी आफ्नी बहिनी आशा, उषा र मीनासँगै संगीत सिक्थिइन्।

लता १३ वर्षकी हुँदा उनको बुवाको निधन भयो। बुवाको निधनपछि परिवारको सबै जिम्मेवारी लताको काँधमा आयो। सबैको जिम्मेवारी लिँदै उनले विवाह गर्ने सोच दिमागबाट हटाइन्।

लताले पाँच वर्षको कलिले उमेरमा एउटा नाटकमा अभियन पनि गरेकी थिइन्। त्यसपछि १४ वर्षको उमेरमा उनले तला फिल्ममा हीरो या हिरोइनको बहिनीको भूमिका निर्वाह गरेकी थिइन्। तर उनको रुची संगीतमा थियो। उनले संगीत सिक्न छोडिनन्।

लता मात्र एक महिनाका लागि मात्रै स्कुल गएकी थिइन्। उनी आफ्नी बहिनी आशा भोंसलेसँग पहिलो पटक स्कुल गएकी थिइन्। दुवैलाई देखेपछि स्कुलका अध्यापकले आशालाई स्कुलबाट निकालिदिएका थिए। दुवैले छुट्टा छुट्टै फिस दिनुपर्ने स्कुलको भनाइ थियो। त्यसपछि लताले स्कुल जान छोडिन्।

एक दिनमात्रै स्कुल गएकी लतालाई न्यूयोर्क विश्व विद्यालयसहित ६ वटा विश्वविद्यालयले मानार्थ उपाधि दिएको छ। पहिलो पटक स्टेजमा गीत गाउँदा लतालाई २५ रुपैयाँ दिइएको थियो। जुन उनको पहिलो कमाइ पनि थियो।

लता मंगेशकर फिल्म उद्योगकी पहिला महिला हुन् जसलाई भारत रत्न र दादा साहब फाल्के पुरस्कार दिइएको छ। १९७४ मा लता मंगेशकरले विश्वमा सबैभन्दा धेरै गीत गाएको रेकर्ड बनाएकी थिइन्। जसलाई गिनीज वल्र्ड रेकर्डले मान्यता दिएको थियो।

लताले २० भाषामा ३० हजार गीत गाएकी छन्। लताले मोहम्मद रफीसँग पनि धेरै गीत गाएकी छन्। तर एक समय यस्तो पनि आयो उनले रफीसँग बोल्न नै बन्द गरिन्।

लता ३३ वर्षकी थिइन्, तब उनलाई कसैले विष दिने कोशिश गरेको थियो। १९६२ को कुरा हो, एक विहान उनी सुतेर उठिन् तब उनको पेट दुख्न थाल्यो। उल्टी भयो। जसमा हरियो रंगको पदार्थ थियो। उनको टाउको निकै दुखेको थियो।

डाक्टरलाई बोलाइयो। डाक्टरले उनलाई विष दिइएको बताए। जुन दिन उनलाई बमिट भयो त्यो दिनको कुकले जागिर छोडेको थियो। बाँकी पैसा नदिइकनै उ भागेको थियो।

लतालाई विष दिएपछि उनकी बहिनी उषा मंगेशकरले किचनको काम गर्नु परेको थियो।

तपाईको प्रतिक्रिया