मुम्बइ। कहिलेकाही फिल्मी स्टारहरु यस्ता कपडा लगाउँछन् कि त्यही कपडा उनहिरुको लागि टाउको दुखाइको विषय बन्छन् । हालै एक कार्यक्रममा पुगेकी मलाइका अरोरासँग यस्तै भयो । मलाइका मुम्बइमाp एक स्टोरको उद्घाटनमा पुगेकी थिइन् । यो समारोहमा फिल्मी क्षेत्रका कैयौं ठूला हस्तीहरु पुगेका थिए ।

त्यहाँ पुग्नासाथ मलाइकाले मिडियाको अगाडि पोज दिन थालिन् । मलाईका कार्यक्रममा डीप नेक ड्रेस लगाएर गएकी थिइन् । फोटो खिचाउँदै गर्दा मलाइकाको कपडाले ठाउँ छोड्यो । यो कार्यक्रम डिजाइनर फाल्गुनी र शेन पिककको स्टोरको उद्घाटन थियो । मलाइकाको भिडियो क्यामेरामा कैद भयो । मलाइकाले जब यो कुरा थाहा पाइन् उनी तत्कालै त्यहाँबाट गइन् । मलाइकाको यो भिडियो इन्स्टाग्राममा निकै भाइरल भइरहेको छ ।

तपाईको प्रतिक्रिया