मुम्बई । अभिनेता सैफ अली खान अन्ततः यशराज ब्यानरको फिल्ममा फर्किएका छन् । सैफले यशराजको चर्चित फिल्म बन्टी और बबलीको सिक्वेलमा काम गर्न राजी भएका छन् । मिडिया रिपोर्टका अनुसार हमतुम, ता रा रम पम र थोडा प्यार थोडी म्याजिक जस्ता यशराजका फिल्ममा काम गरेका सैफले अब बन्टी और बबलीको सिक्वेलमा रानी मुखर्जीसँग काम गर्ने भएका हुन् ।

सैफले रानीसँग यस अघि हमतुम र त र रम पममा कम गरेका थिए । सैफले सन् १९९३ मा यशराजको फिल्म परम्पराबाट नै आफ्नो क्यारियर शुरु गरेका थिए । २००५ मा ठगिमा आधारित बन्टी और बबलीमा रानी मुखर्जी र अभिषेक बच्चनले मुख्य भूमिका निभाएका थिए । यस फिल्ममा अमिताभ बच्चनले समेत महत्वपूर्ण भूमिका निभाएका थिए । यस फिल्मको चर्चित गीत ‘कजरारे’ अहिले पनि उत्तिकै चर्चित रहेको छ ।

यस फिल्मको निर्देशन अली अब्बास जाफरका असिस्टेन्ट भएर काम गरेका बरुण शर्माले निर्देशन गर्ने भएका छन् । त्यस्तै फिल्म गली ब्वायमा र्यापरको भूमिका निभाएका अभिनेता सिद्धान्त चतुर्वेदीको पनि प्रमुख भूमिका हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया