मराठी अभिनेत्री सारा श्रवणले आफ्नो अभिनयका कारण अलग पहिचान बनाएकी छिन् । मराठी फिल्म जगतको यी कलाकारलाई प्रहरीले पक्राउ गरेको छ ।

सारालाई प्रहरीको अनुसन्धान ब्युरोले ठगीको आरोपमा पक्राउ गरेको छ । उनीमाथि १५ लाख भारु ठगी गरेको आरोप लागेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार सारा यो केशमा पक्राउ पर्ने चौथी आरोपी हुन् । उनले मेकर सुभाष यादवसँग एक फिल्ममा काम गरेकी थिइन् । पछि फिल्म रिलिज भएपछि उनले सुभाष यादवले आफूमाथि हिंसा गरेको आरोप लगाएकी थिइन् ।

प्रहरी अधिकारीका अनुसार यो मुद्दा मिलाउन भन्दै ती कलाकारले सुभाष यादवसँग १५ लाख रुपैयाँ मागेकी थिइन् । यो पूरै घटनालाई सुभाष यादवले भिडियो रेकर्ड गरेर प्रहरीलाई बुझाएका थिए ।

आरोपी यादवसँग १५ लाख रुपैयाँ माग्दै गरेको भिडियो प्रमाणका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

भर्खर

तपाईको प्रतिक्रिया