काठमान्डौ मंगसिर १७ – चलचित्र ‘अधुरो प्रेम कहानी ‘ को प्रेस सो मा दर्शकहरुको निकै भिड लागेको थियो । चलचित्र हेरेर दर्शकहरु आखा भरी आशु लिएर बाहिरिए थिए । सोमबार राजधानीको गोपी कृष्ण हलमा प्रथम प्रेस सो मा दर्शकहरुको निकै भिड देखियो चलचित्र ‘अधुरो प्रेम कहानी ‘ हेर्नु भएको जति पनि दर्शकहरुले चलचित्रलाई निकै मन पराएको देखियो आशु ,हासु र रोदन भएको चलचित्र अधुरो प्रेम कहानी ‘ पछिल्लो समयमा बनेको नेपाली चलचित्र भन्दा अलि फरक रहरेको परिवार र गाउ टोल छर छिमेकमा घटेको घटनालाइ जस्ताको तस्तै उतार्न सफल भएको छ । चलचित अब चाडै अल नेपाल रिलिज हुदैछ र नेपाल बाहिर पनि उक्त चलचित्रको निकै माग भएको जानकारी समेत दिनु भएको छ ।

चलचित्र ‘अधुरो प्रेम कहानी ‘ को निर्देशक हुनु हुन्छ मिलन श्रेष्ठ ,निर्माता माया लामा सहायक निर्माता अनिल लामा रहेको छ भने मुख्य कलाकारहरु अनिल लामा ,अनिता पराजुली ,सितल केसी ,दिपक रिमाल ,सरदा गिरी( काली बुढी ) शर्मिला शर्मा रहेको छ भने उक्त चलचित्रमा संगीत दिनु भएको छ अनिल लामा र मनिराज काफ्लेले । शब्द :मनिराज काफ्ले र सांगे बोलोंन को रहेको छ । गायक गायिका हुनु हुन्छ अनिल लामा ,दीपा लामा ,सुरेश लामा ,मनिराज काफ्ले ,मिलन अमात्य र मेलिना राईको रहेको छ चलचित्रमा अर्को बलियो भाग भनेको गीत संगीत पाटो पनि पनि मानेको छ चलचित्र दर्शकहरुले हेर्दा गीत संगै हुट्टिङ्ग र सुसेली समेत गुञ्जिएको थियो ।

चलचित्र अधुरो प्रेम कहानी ‘मा बिनोद सापकोटाको छायकन रहेको छ भने मेकअप रबि केसी ,र फेशन डिजाईनर सम्झना बुढाथोकिको रहेको छ। चलचित्र काठमाडौँ भक्तपुर् ,काभ्रे,सिन्धुली ,फुर्कोट ,भुकुन्ड़े बेसी ,लगायत नेपालका विभिन्न रमणीय ठाउमा छायाकन गरियको छ ।

भिडियो रिपोर्ट हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया