काठमान्डौँ । पुर्वेली लोक लयमा आधारित मौलिक लोक ‘भोजपुर बजार’ गीतको भिडियो सार्वजनिक भएको छ ।

पुर्वको लोक लय र भाषालाई सर्वोकृष्ट रुपमा गीतमा समेटिएको छ । सार्वजनिक गीतमा गायिका सिर्जु चाम्लिङ र गायक दिवश राईको सुमधुर आवाज गीतमा सुन्न सकिन्छ ।

सगरमाथाको फेदीमा रहने रहनसहनलाई गीतमा पस्कन पाउदा निकै खुशी लागेको गायक गायक ले बताए । पञ्चेवाजा र बाँसुरीको घुनले आम रुपमा दर्शक तथा श्रोताको ध्यान केन्द्रित गर्न सक्दछ । मेलापातमा जादाँ होस वा कुवा पधेरो देउरालीको भाकालाई गीतमा समेटिएको गीतकार दिबस राईले बताए । डि आर अटुको संगीत तथा राजु कार्कीको एरेन्ज गीतमा रहेको छ । सुरेश राईको छायाँकन सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।

‘भोजपुर बजार’ गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया