बलिउँड अभिनेत्री अनुष्का शर्मा चलचित्रबाट टाढिएकी छिन् । तर, उनका पति विराट कोहलीसँगको सेयर गरिएको तस्वीरको कारण उनी सधै चर्चामा भइरहन्छिन् । अनुष्का पति विराटसँग जोडिएर लोकप्रीयताको शिखरमा छिन् । फिल्मले उनलाई खासै लोकप्रीय बनाउन सकेको छैन ।

यो महिना यी जोडीको विवाह भएको दुई वर्ष पुग्न लागेको खुशियालीमा फोटोहरु सेयर गरिरहेका छन् । यीनीहरुले सेयर गरेको फोटोमा दुबैले एकअर्कालाई धेरै माया गर्ने, एकअर्कामा श्रीमान श्रीमती मात्र नभएर असल साथी भएको पनि सन्देश दिन खोजेको बताइन्छ ।

विराटलाई मनपर्ने अभिनेत्रीमा अनुष्का नै हुन् । विराटले अनुष्कालाई श्रीमती मात्र नभएर कुशल अभिनेत्रीको रुपमा लिएका छन् । अनुष्काको फिल्म करण जोहरद्धारा निर्देशित फिल्म ऐ दिल है मुश्किल मनपर्ने पनि बताएका छन् । अनुष्का थ्री इडिएडका कारण चर्चामा आएकी थिइन् । त्यसपछि उनको कुनैपनि चलचित्र हिट हुन सकेको छैन । बरु विराट अनुष्कासँग विवाहमा बाँधिएपछि खेलमा जमेका छन् भने लोकप्रीयताको उचाईमा पुगेका छन्

तपाईको प्रतिक्रिया