काठमाडौँ, २१ मंसिर । अभिनेत्री ऋचा शर्मा शनिबार बैबाहिक जीवनमा बाँधिएकी छन् ।

दुई वर्ष लामो प्रेम सम्बन्ध रहेका प्रेमी दिपेक्ष विक्रम राणासँग उनले लगनगाँठो कसेकी हुन् । उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति रहेको छ ।

दुलहीको भेषमा सजिएकी ऋचाले श्रीमानको हात समातेको तस्विर साझेदार गर्दै फेसबुकमा लेखेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आर्शिवाद सदैब यसरी नै मिलोस् ।’

उनले आफ्नो विवाह समारोहमा सहभागी हुने पाहुनालाई कुनै प्रकारको उपहार नल्याउन निमन्त्रणा कार्डमार्फत् आग्रह गरेकी छन् ।

तपाईको प्रतिक्रिया