बर्दिया। चिनियाँ सदभावना दूत एवं अभिनेत्री स्वी छिङ (समर क्विन) नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा प्रदेश ५ को बर्दिया पुगेकी छन्। उनी हरिसदेव गौतमको पहलमा शनिबार बर्दियाको भ्रमणमा पुगेकी हुन्।

शनिबार बिहान बर्दियाको लागि काठमाडौँबाट नेपालगञ्ज बिमानस्थलमा ओर्लिएकी थिइन। उनलाई बिमानस्थलमा पर्यटन क्षेत्रमा सक्रिय होमस्टे एशोसिएशनका पूर्व केन्द्रीय अध्यक्ष एवं नेकपा पर्यटन बिभाग प्रदेश ५ का अध्यक्ष भिम केसीले स्वागत गरेका थिए।

बिमानस्थलबाट सिधै उनको टोली बर्दियाको बाँसगढी पुगेको थियो। त्यहाँ पुग्दा बाँसगढी नगरपालिकाका मेयर सालिकराम अधिकारीले उनको स्वागत गरेका थिए। बाँसगढीमा केहीबेरको भलाकुसारीपछि अभिनेत्री स्वी छिङ सहभागिसहितको भ्रमण टोलीलाई लिएर भुरीगाउँ बजार पुगेकी थिइन्।

उनलाई त्यहाँ ठाकुरबाबा नगरपालिकाका मेयर घननारायाण श्रेष्ठले स्वागत गरेका थिए। स्वागतपछि अभिनेत्री स्वी छिङको बसाई शनिबार सतकुलुवास्थित बेला सामुदायिक होमस्टेमा भएको थियो।

बर्दिया रहदा उनको बसाई उनी होटल टाईगर टप्समा हुने छ। आज (आईतबार) बर्दिया राष्ट्रिय निकुञ्जमा भ्रमण र सरोकारवाला निकायसंग भेटघाट हुने कार्यक्रम तय भएको छ। साथै उनले बर्दियामा हात्ति सफारीलगाएत अन्य थुप्रै पर्यटकीय स्थलको अवलोकन गरि लुम्बिनी जाने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया