मुम्बइ। बलिउड अभिनेत्री गीता सिद्धार्थको शनिबार निधन भएको छ । उनी १९७०-८० को दशकका चर्चित अभिनेत्री हुन् । सन् १९७२ मा उनले फिल्म करियर सुरु गरेकी थिइन् ।

शोले, गर्म हवा, परिचय, त्रिशुल, जस्ता फिल्ममा उनी देख्न सकिन्छ । चार दशक लामो फिल्म करियरमा उनले बलराज सहानी, जितेन्द्र, जया भादुडी जस्ता चर्चित हस्तिसँग फिल्म खेलेकी थिइन्।

तपाईको प्रतिक्रिया