काठमाडौं,
पुष १ ।

चलचित्र ‘शुभ मंगल’ नामक निर्माण हुने भएको छ । अष्ट्रेलिया निवासी निर्देशक मनोज अधिकारीले निर्देशन गर्ने चलचित्रमा कुशल थापा, सुरवीना कार्की, बिकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डेलगायतका कलाकारले अभिनय गर्नेछन् ।

देउराली फिल्मस्को ब्यानरमा संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको चलचित्रको सुटिङ नेपाल र अष्ट्रेलियामा गरिने जानकारी निर्देशक अधिकारीले दिएका छन् । अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेम, सम्बन्धलगायतका बिबिध बिषयमा निर्माण हुने चलचित्रको केही समयपछि औपचारिक रुपमा घोषणा गरिने बताइएको छ ।

निर्देशक अधिकारीकै लेखन रहेको चलचित्रका अन्य कलाकार तथा प्राबिधिक चयन कार्य जारी रहेको निर्देशक अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया