मुम्बइ। बलिउड अभिनेता अक्षय कुमारले केही दिनअघि पत्नी ट्वींकल खन्नालाई प्याजका इयररिंग गिफ्ट दिएका थिए । ट्वींकललाई यी प्याजका गहना यति मन परे कि उनले ती गहना लगाइन् । सामाजिक संजालमा ट्वींकलले इयररिंग लगाएको फोटो शेयर गरेकी छिन् ।

पोस्टमा ट्वींकलले लेखेकी छिन् ‘खुसी छु कि मैले यो अमूल्य उपहार लगाउने अवसर पाएँ जो सुटिङकाट घर ल्याइएको थिए । यसअघि कि यिनीहरु उम्रन सुरु गरुन् ।’ पो पोस्टको साथमा ट्वींकलले दुई फोटो शेयर गरेकी छिन् । एक फोटोमा उनी प्याजका इयररिंग लगाएकी देखिएकी छिन् । दोस्रो फोटोमा प्याज उम्रन सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया