काठमान्डौँ
एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक कार्यक्रमका विच घोषण गरिएको छ । हास्य प्रद्धान कथामा तयार पारिएको चलचित्रलाई चर्चित निर्देशन उदय सुब्वाले निद्र्धेशन गरिएको छ ।

मनोरञ्जनात्मक ढंगबाट तयार पारिएको चलचित्रमा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको छ । विक्रमको छायाँकन , राजु किरातीको द्धन्द्ध , राम जी लामिछानेको नृत्य निर्देशन रहेको छ ।

आकाशे खेतीमा विल्सन विक्रम राई तोक्मे बुढा ,गौरव पहाडी , निता ढुङ्गगाना , बुद्धि तामाङ्ग, रविन्द्र झा , रजनी गुरुङ्ग, अनुप याक्सो , रमा लिम्बु , लक्षु शर्मा , प्रकाश शर्मा को अभिनय चलचित्रमा रहेको निमार्ण पक्षले बताएको छ । चलचित्रलाई आगामी बैशाख २६ गते नेपाल अधिराज्य भरी प्रर्दशन गर्न लागीएको चलचित्रका निर्देशक उदय सुब्बाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया