काठमाडौँ — ‘होस्टेल रिटर्न्स’बाट फिल्ममा डेब्यू गरेका कलाकार सुशील श्रेष्ठका पछिल्ला फिल्म सबै फ्लप छन् । अहिले उनी ‘लभ डायरिज’ मार्फत फेरि पर्दामा देखिँदैछन् । यसअघि उनले ‘बादशाह जुट’ मा अभिनय गरेका थिए ।
फिल्म बक्स अफिसमा असफल रह्यो । उनका ‘कारखाना’, ‘सायद २’ पनि फ्लप फिल्मकै लिस्टमा पर्छन् ।
लामो समय ग्याप गरेर गरेको फिल्म ‘बादशाह जुट’ असफल भएपछि सुशील निराश देखिन्छन् । उनी आफ्ना फ्लप फिल्मका विषयमा कुरै गर्न चाहँदैनन् । हालै ‘लभ डायरिज’को गीत सार्वजनिक कार्यक्रममा उनलाई सोधिएको थियो ‘फ्लप फिल्मको सबै जिम्मेवारी काँध लिन तयार हुनुहुन्छ ?’
प्रश्नबाट पन्छिँदै उनले भने ‘खासमा आज यस विषयमा कुरै नगरौं होला है।’ उनको जवाफबाट थाह हुन्छ- फ्लप फिल्मले दिक्क भइसके सुशिल । अब उनी व्यवसायिक हिट फिल्मको पर्खाईमा छन् । अब उनको आशा ‘लभ डायरिज’मा छ। लगातार फ्लप फिल्म गरिरहँदा कतिले उनलाई फ्लप हिरोको ट्यागसमेत दिएका थिए । यो ट्याग ‘लभ डायरिज’ले हटाउला त ? त्यो त फिल्म रिलिजपछि नै थाह हुनेछ ।
त्यसैले सुशील दर्शकलाई फकाउँदैछन् ‘हाम्रो फिल्म प्रेम दिवसमा रिलिज हुन्छ । तपाईँहरुको प्रेम पाउँछौं भन्ने आशा छ ।’




































