एजेन्सी– दीपिका पादुकोणले पन्जाबी स्टायलमा नयाँ वर्ष २०२० को सुरुवात गरेकी छिन् । आगामी फिल्म छपाकको प्रमोसनमा व्यस्त रहेकी दीपिकाले यही फिल्मको प्रमोसन गर्दै नयाँ वर्ष सुरुवात गरेकी हुन् ।
नयाँ वर्षको अवसरमा उनले सहकलाकार विक्रान्त मैसीसँग पन्जाबी गीतमा नाचेको भिडियो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् । उनले योसँगसँगै नयाँ वर्षमा छपाक १० जनवरीमा सुरु हुने पनि जनाएकी छिन् ।
यो फिल्ममा उनी एसिड आक्रमणमा परेकी युवतीको भूमिकामा छन् । दीपिकाको अर्को फिल्म पनि छिट्टै रिलिज हुँदैछ– ८३ । यो चाहिँ १९८३ मा विश्वकप भारतले जित्दाको विषयमा बनाइएको फिल्म हो । यसको मुख्य भूमिकामा रणवीर सिंह छन् ।




































