मुम्बई। विगतमा बलिउडमा खान अभिनेताको दबदबा हुने गरेको थियो । तर सन् २०१९ मा त्यस्तो देखिएन । सन् २०१९ मा सबैभन्दा बढी फिल्म अक्षय कुमारको भारतीय बजारमा चल्यो । बलिउडमा तीन खानमध्ये दुई खानहरू आमिर खान र शाहरूख खानका त फिल्म नै आएनन् । सलमान खानका सन् २०१९ मा दुईवटा सिनेमा आए । तर, फिल्म ‘भारत’ले मात्र राम्रो व्यापार ग¥यो । उनको पछिल्लो फिल्म ‘दवंग–३’ले कुनै कमाल देखाउन सकेन । सन् २०१९ मा बलिउड बक्स अफिसमा उत्कृष्ट व्यापार गर्न सफल फिल्मबारे यहाँ चर्चा गरिएको छ ।
वार ः अभिनेता ऋतिक रोशन र टाइगर श्राफ अभिनित फिल्म ‘वार’ गएको दसैंताका रिलिज भएका थिए । सन् २०१९ मा सबैभन्दा बढी व्यापार गर्ने बलिउड फिल्मको सूचीमा वार पहिलो नम्बरमा छ । एक्सन प्रधान भारतीय राष्ट्रवादले ओतप्रोत यो फिल्मले भारतमा कुल ३१८ करोडको व्यापार गरेको छ । २०१९ मा रिलिज भएका बलिउड फिल्ममा ३ सय करोड भन्दामाथिको व्यापार गर्ने एक मात्र फिल्म वार नै हो ।
कबिर सिंह ः शाहिद कमपुर, कियारा आड्वानी, सोहम मजुम्दार, अर्जुन वाज्वा अभिनित फिल्म कविर सिंह वियोगान्त प्रेम कथामा आधारित थियो । यो रिमेक फिल्म हो । जसलाई सन्दिप रेड्डीले निर्देशन गरेका थिए । यो फिल्म सन् २०१९ मा प्रदर्शन भएका बलिउड फिल्ममा व्यावसायिक हिसाबले दोस्रो स्थानमा छ । फिल्मले कुल २७८ करोडको व्यापार भारतीय बजारमा गर्न सफल भएको थियो ।
उरी ः सन् २०१९ को व्यावसायिक रूपमा सफल तेस्रो बलिउड फिल्म ‘उरी–द सर्जिकल स्ट्रिक’ हो । यो फिल्मले कुल २४४ करोडको व्यापार भारतीय बजारमा गरेको थियो । अभिनेता बिक्की कौसल यही फिल्मबाट रातारात हिट भए । जसमा बिक्कीसँगै परेश रावल, मोहित रौना, यामी गौतमलगायतको अभिनय थियो । आदित्य धारले निर्देशन गरेको यो फिल्ममा भारतीय सैनिकले पाकिस्तानको सीमा क्षेत्रमा आतंककारीलाई सखाप पार्न गरेको एउटा मिसनको कथा देखाइएको थियो ।
भारत ः बलिउड अभिनेता सलमान खानको सन् २०१९ मा रिलिज भएको फिल्म ‘भारत’ व्यावसायिक रूपमा चौथो स्थानमा रह्यो । यो फिल्मले स्वदेशी बजारमा २०९ करोडको व्यापार गरेको थियो । यो फिल्ममा भारत र पाकिस्तान अगल हुँदा छुटेका परिवारको कथा प्रस्तुत गरिएको थियो । अली अब्बास जफ्फरले निर्देशन गरेको यो फिल्ममा सलमान खानसँगै कैटरिना कैफ, दिशा पटानीलगायतको अभिनय थियो ।
हाउसफुल–४ ः हाउसफुलका विगतका शृंखला जस्तै हाउसफुल ४ पनि व्यावसायिक रूपमा हिट भयो । सन् २०१९ मा रिलिज भएको यो हास्य प्रधान फिल्मले भारतीय बजारबाट २०६ करोडको व्यापार गर्दै आफूलाई व्यावसायिक रूपमा सफल पाँचौं स्थानमा पा¥यो । अक्षय कुमार, रितेश देशमुख, बबी देवल, कृति सोनन, पूजा हेग्डे, चँकी पान्डे, जोनी लिभरसहितका कलाकारको यसमा अभिनय थियो ।
मिसन मंगल ः सन् २०१९ व्यावसायिक सफलतका रूपमा छैटौं स्थानमा रहेको फिल्म अक्षय कुमारको ‘मिसन मंगल’ हो । यो फिल्मले २ सय करोडको व्यापार भारतीय बजारमा गर्न सफल भएको थियो । फिल्ममा मंगल ग्रहको यात्राको कथा देखाइएको थियो ।
टोटल धमाल ः सन् २०१९ मा रिलिज भएको फिल्ममा व्यावसायिक सफल रूपमा सातौं स्थानमा रहेको फिल्म ‘टोटल धमाल’ हो । यो फिल्मले भारतीय बजारमा कुल १५४ करोडको व्यापार ग¥यो । इन्द्रकुमार निर्देशित यो हास्यप्रधान फिल्ममा अक्षय देवगन, अनिल कपुर, माधुरी दिक्षित, रितेश देशमुख, अर्सत वारिस, जावेद जाफरी, सञ्जय मिश्रा, विजय पटकर, बोमन इरानीसहितको अभिनय थियो ।
केशरी ः सन् २०१९ को अक्षय कुमारको तेस्रो सफल व्यावसायिक फिल्म ‘केशरी’ हो । वीर योद्धाको कथामा आधारित यो फिल्म राष्ट्रवादले ओतप्रोत थियो । फिल्मले भारतीय बजारमा १५३ करोडको व्यापार गरेको थियो । अनुराग सिंहले निर्देशन गरेको यो फिल्ममा अक्षय कुमारसँगै परिणिती चोपराको मुख्य भूमिका थियो ।
छिचोरे ः सन् २०१९ मा रिलिज भएको बलिउडको फिल्ममा व्यावसायिक सफल फिल्म ‘छिचोरे’ पनि हो । यो सफल व्यावसायिकको नवौं स्थानमा परेको छ । छिचोरेले भारतीय बजारमा १५० करोडको व्यापार गरेको थियो । नितेश तिवारी निर्देशित यो फिल्ममा कलेजका विद्यार्थीहरूको जीवनशैली प्रस्तुत गरिएको थियो । जसमा सुशान्त सिंह राजपुत, श्रद्धा कपुर, वरुण शर्मा, तुसार पान्डेसहितको अभिनय थियो ।
गल्लीबाई ः बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘गल्लीबाई’ सन् २०१९ को व्यावसायिक फिल्मको सूचीमा १०औं स्थानमा परेको छ । यो फिल्मले भारतीय बजारमा १४९ करोडको व्यापार गरेको छ । एउटा ¥यापर गाएको जीवनको आरोह अवरोहको कथा यो फिल्ममा समेटिएको थियो । जसमा रणवीर सिंह, आलिया भट्टसहितको मुख्य भूमिका थियो ।




































