दिनेश (दिन्श) पाल्पाली निर्देशित फिल्म ‘चिसो एस्ट्रे’ जेठ १६ बाट प्रदर्शनमा आउने भएको छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् ।

यस फिल्ममा दिव्य देवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् भने सहयात्रीको भूमिकामा निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठ छन् । दिनेशले यसअघि ‘बालकृष्ण सम ‘अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै थाइल्यान्ड, क्यालीफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो ।

‘फिल्मले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा बुनिएको छ । यस चलचित्र निर्माणमा भने महेशबाबुलाई प्रबिन स्याङ्बोले सघाएका छन् । उज्जवल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् । भने फिल्ममा दिनेशले चलचित्र लेखनसँगै गीतकारको पनि भूमिका निभाएका छन् । फिल्ममा अजर जंगमको संगीत रहेको छ । नोबेल फ्रिक्सको पाश्र्व संगीत रहने फिल्ममा कला संग्रौलाको आर्ट डिरेक्सन र फ्रान्सेली प्रडक्सन डिजाइनर सोनिया जोसेरयान्ड मेर्सियरको डिजाइन रहेको छ ।

तपाईको प्रतिक्रिया