काठमाडौं,
पुष २३ ।

‘दशकौ कलाकारिता सम्मान’बाट नायक श्रीदेब भट्टराई सम्मानित भएका छन् । ‘ग्लोवल इन्टरनेशनल अवार्ड २०१९’ मा उनी सम्मानित भएका हुन् ।

वल्र्ड वाइड मिडिया इन्टरनेशनलद्वारा हालै थाइल्याण्डमा आयोजित अवार्ड कार्यक्रममा उनलाई सो सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा थाइल्याण्डमा प्रसिद्ध प्रर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम, आयोजक संस्थताका सभापति आरके श्रेष्ठलगायतले भट्टराईलाई खादा तथा सम्मान पत्रद्वारा सम्मानित गरेका थिए ।

नेपाली कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन उल्लेखनीय योगदान पुर्याएका भट्टराईको उक्त योगदानको कदर गर्दै सम्मान गरिएको थियो । उक्त समारोहमा विभिन्न बिधाका व्यक्तित्वहरुलाई पनि अवार्ड प्रदान गरिएको थियो ।

श्रीदेब भट्टराईले करिब दर्जन चलचित्र र पाँच दर्जन भन्दा बढी म्युजिक भिडियो एवम् दर्जनौ बिज्ञापनमा अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया