काठमाडौं । विपाशा बसुले ७ जनवरीमा आफ्नो जन्मदिन मनाएकी छन् । यो खास दिन उनले पति करण सिंह ग्रोबरसँग मालद्वीपमा सेलिब्रेट गरेकी छन् । उनका साथीभाइ र बलिउडका कैयौं स्टारले उनलाई जन्मदिनको खास बधाई दिएका छन् । अभिनेता नील नीतिन मुकेश र उनका पति करणले विपाशाका लागि विशेष पोस्ट गरेका छन् ।

उनका पूर्वप्रेमी डिनो मोरियाकको पोस्टले भने सबैको ध्यान खिचेको छ । डिनोले आफ्नो इन्स्टाग्राममा विपाशासँगको पुरानो तस्बिर सेयर गरेका छन् । उक्त फोटो उनीहरूको डेटिङको समयको जस्तो लाग्छ । यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

डिनो र विपाशा १९९० को दशकमा रिलेसनसिपमा थिए । विभिन्न कारण यो रिलेसनसिप टिक्न सकेन । २००२ मा उनीहरूको ब्रेकअप भयो । यो पुरानो तस्बिरका साथमा डिनोले बर्थडे विस मात्रै गरेनन्, क्याप्सन पनि लेखेका छन्, ‘गुड टाइम्स अलवेज ।’ तस्बिरमा विपाशा डिनो दुवैले सेतो पहिरन लगाएर कुनै रेस्टुराँमा डिनर गर्दै छन् ।

तपाईको प्रतिक्रिया