काठमाडौं । आफ्नो नयाँ फिल्म ‘छपाक’ को प्रचारमा लखनउ पुगेकी बलिउड अभिनेत्री दीपिका पादुकोण पत्रकार सम्मेलनमा रिसाएकी छन् । ‘तपाईं गर्भवती हुनुहुन्छ भन्ने चर्चा छ, खासमा कति भयो गर्भवती हुनुभएको ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा दीपिका रिसाएकी खबर आजको राजधानी दैनिकले छापेको छ ।

फिल्मबारे राखिएको पत्रकार सम्मेलनमा गर्भवतीसम्बन्धी सोधिएको प्रश्न दीपिकालाई पटक्कै मन परेन । उनले पत्रकारसँग रिसाउँदै प्रश्न गरिन्, ‘के तपाईंको अगाडि अहिले उभिएकी म गर्भवती जस्तो देखिएकी छु ?, अब म कहिले बच्चा जन्माऊँ भनेर तपाईंसँग सोधेर योजना बनाऊँ ?’ निकै आक्रोसित हुँदै दीपिकाले भनिन्, ‘ठीक छ यदि तपाईं अनुमति दिनुहुन्छ भने म कहिले गर्भवती नहुने योजना बनाउँछु, हैन भने यस्तो बेकारका प्रश्न मलाई नगर्नुस् ।’

आफ्नो फिल्मबारे भन्दा पनि व्यक्तिगत जीवनसम्बन्धी पत्रकारले बढी प्रश्न गरेर हैरान पारेको गुनासो उनले गरिन् ।

तपाईको प्रतिक्रिया