काठमाडौँ — बलिउड अभिनेता अजय देवगन अहिले फिल्म ‘तानाजी’को व्यवसायिक सफलतामा रमाइरहेका छन् । ओम राउतद्वारा निर्देशित फिल्मलाई उनी आफैंले निर्माण गरेका हुन् । फिल्ममा उनीसँगै अभिनेत्री काजोल र सैफअली खानको अभिनय छ । सयौं फिल्म भएको कारणले पनि ‘तानाजी’ अजयको लागि विशेष फिल्म हो ।

फिल्मलाई बलिउड दर्शकले रुचाएका छन् । लामोसमयपछि पर्दामा यी काजोल र अजयको जोडी दर्शकले हेर्न पाएका छन् । सामाजिक सञ्जालमाअजयलाई अभिनयको तारिफ गर्नेहरु बढेका छन् ।

अजय भने सामाजिक सञ्जाल स्टारको स्टारडममाप्रभाव पारिरहेको तर्क गर्छन् । हालै उनले भारतीय मिडियालाई भने ‘सामाजिकसञ्जालले स्टारडमको युग सिध्याइदिएको छ । कलाकार आफैंले पनि आफ्ना विषयमा सामाजिकसञ्जालमा जानकारी लेखेर प्रभाव थप घटेको हो । हामी आफैं सोच्थ्यौं स्टार कसरी जिवनबिताउँछन्, तरअहिले स्टार आफूजस्तै रहेको उनीहरु सोच्छन् ।’

अजयले आफू सामाजिक सञ्जालमा अन्य कलाकार झैंत्यति सक्रिय नरहेको बताउँछन् । अजय अब ‘भूज : द प्राइड अफ इन्डिया’ मादेखिँदैछन् । फिल्ममा उनीसँगै सोनाक्षी सिन्हा र सञ्जय दत्तको अभिनय रहनेछ ।

तपाईको प्रतिक्रिया