काठमाडौं । चर्चित गायक दिनेश गौतमको आवाजमा रहेको ‘म मरिसकेपछि’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुरुषोत्तम बस्नेतको शब्द,पुस्तक प्रसादको संगीत र उदयराज पौडेलको उत्कृष्ट एरेन्ज छ ।
भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् । भिडियोमा आयुष रिजाल, शिशिर भण्डारी, शिलाष्मा हमाल र दिपेन्द्र कार्कीको अभिनय छ । गम्भीर बिष्टको कोरियोग्राफीमा उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन । त्यस्तै यसमा कलरिष्ट रेनिश फागो रहेका छन ।
भिडियोमा शिक्षक र विद्यार्थीबीचको प्रेम सम्बन्धलाई देखाइएको छ । भिडियोलाई नेप्सिने फिल्म स्टुडियोले उत्पादन गरेको हो ।
माया गर्नुको के अर्थ आँशु झरिसकेपछि, जे जे गर्नुछ गरे हुन्छ म मरिसकेपछि जस्तो शब्दहरु रहेको यो गीत पुरुषोत्तम बस्नेतको प्रभाव एल्बममा समावेश छ । अडियो र भिडियोमा धेरै मिहेनत गरिएको गायक गौतमले बताए । भिडियो गायक गौतमको यु ट्युब च्यानल Dinesh Gautam बाट सार्वजनिक गरिएको छ ।
नेपाली साहित्यमा पुस्तक पुस्तक प्रसाद नामले चिनिएका उनले धेरै गजलहरु लेखिसकेका छन् चलचित्र र आधुनिक करिब २०० सय भन्दा बढी गीत गाइसकेका उनको ११ वटा एल्बम आइसकेका छ्न भने उनको संगीतमा भारतीय गायकहरु शान र राज हसनले पनि गीत गीत गाएका छ्न।

तपाईको प्रतिक्रिया