एजेन्सी। बलिउड अभिनेत्री दिशा पाटनी चलचित्रका अलावा बोल्डनेस र हटनेसका कारण पनि चर्चामा रहने गर्छिन। यति बेला उनि चलचित्रको प्रमोशनमा व्यस्त छिन तथापी तिनै व्यस्तताका बाबजुत दिशा सामाजिक संजालमा पनि सक्रिय छिन।

दिशाले हालै मात्र आफ्नो अफिसियल इंस्टाग्राम मार्फत हट एण्ड बोल्ड तस्बिर शेयर गरेकी छिन। समुन्द्रको किनारमा रेड बिकिनीमा दिशालाई रमाईरहेको देख्न सकिन्छ। तस्बिरलाई देखेर उनका फ्यानहरुले उनको फिगरको खुलेरै तारिफ समेत गरेका छन।

तस्बिरमा उनले ‘मलंग’ भन्दै क्याप्सन राखेकी छिन। यसबाट पनि प्रष्ट बुझिन्छ कि दिशाले चलचित्रको प्रमोसनमा कुनै पनि कसर बाँकि छोडेकी छैनन्।

मोहित सुरीको निर्देशनमा निर्माण भएको चलचित्रमा दिशाका अलावा अनिल कपूर, आदित्य राय, कुणाल खेमु लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको छ। चलचित्र फेब्रुअरी ७ मा प्रदर्शनमा आउने तयारीमा रह्वेको छ।

यसका अलावा दिशा सलमान खानको चलचित्र ‘राधे: योर मस्ट वान्टेड भाई ‘मा पनि देखिदैछिन। जुन चलचित्र २०२० को इदमा प्रदर्शन हुनेछ।

तपाईको प्रतिक्रिया