राष्ट्रप्रेमी युवाका दुकुढुकी युवा गायक तथा संगीतकार बीपी वाग्लेको ‘यो ज्यान मेरो नेपाल…’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार तथा गजलकार महानन्द ढकालको शब्द संयोजनको गीतलाई मिसन इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो ।
गीतमा राष्ट्र प्रेम, विदेशी हस्तक्षेप नसहने र अतिथि देवोभवः लाई आत्मसात गर्ने शब्दहरु समाबेश छन ।
गीतको भिजुअल ग्राफिक्समा नीराजनसिंह ठकुरीले योगदान दिएका छन् । गीतको परिकल्पना तथा निर्देशन नारायण तिमल्सिनाको छ ।
देशभक्ति गीत ‘यो ज्यान मेरो नेपाल…’ ले सम्पुर्ण नेपालीबीचको एकता र राष्ट्रियताको भावना उजागर गरिरहेको छ । गीत र भिडियोलाइ ग्राफिक्सका माध्यमलाइ अहिलेको नेपालको वास्ताविक अवस्थालाई उतारिएको गायक वाग्लेले जानकारी दिनुभयो ।
शास्त्रीय संगीतमा लामो समयदेखि साधनारत गायक संगीतकार बीपी वाग्लेको धेरै गीतहरु दर्शकको रोजाइमा परिसकेका छन ।

तपाईको प्रतिक्रिया