चर्चित  गायक सुगम पोखरेलको आवाजमा रहेको सोलो रोमाण्टिक गीत ‘लाखौमा एक तिमी’ सार्वजनिक भएको छ ।
प्रेमभाव बोकेको यस गीतमा एक सुन्दर युवतीको रुप र सौन्दर्यको बयान गरिएको छ । गीतमा शब्द र संगीत मनोज सिग्देल (युरेश)को रहेको छ । गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन् ।
म्युजिक भिडियोमा मोडेल मनोज सिग्देल (युरेश) र बिन्दु दुवाडी रोमाण्टिक अवतारमा रोमान्स गर्दै गरेको देख्न सकिन्छ । भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोलाई अर्जुन तिवारी र टिमले छायांकन गरेका हुन् । भिडियो सम्पादन इण्टेन्सिभ यल्ड मार्फत भएको हो । शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो ।
मोडेल मनोज सिग्देल (युरेश)को यो तेस्रो म्युजिक भिडियो हो । यसघि उनले “आफु भन्दा जेठी” , “सपनीमा” बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन। सार्वजनिक ‘लाखौमा एक तिमी’ भिडियोलाई माया गरिदिन मोडेल तथा गीतकार सिग्देलले सम्पूर्ण नेपाली दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन । भिडियोलाई युट्युवमा सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

तपाईको प्रतिक्रिया