काठमाडौ ।  गायक सुमन कुरुम्बाङ र गायिका सीता सिङघकको “छुईया पकन्दी चास्नु ” सार्वजानिक भएको छ । गीतमा संगीत आङ्खेवा लिम्बुको संगीत भीम चेम्जोङको शब्द रचना रहेको छ । नगिन धिमाल र तीर्थराज राईको छायाँकनमा शान्ता लिम्बुको श्रृगांर छ छ ।

भिडियोमा मौसम इम्बुङ र कौसिला चोङ्गबाङ लिम्बुको अभिनय देख्न सकिन्छ । भिडियोलाई पुर्बको झापा भद्रपुरका रमणिय स्थलमा छाँयाकन गरिएको छ । यस गीतमा संगीत संयोजन राजु कार्कीको छ ।

पाँचहजार बर्ष देखी लिम्बुहरुले मनाउदै आएको चासोक तङ्नाम प्रकृतिको पुजा गरिन्छ । यसैको आधारमा रहेर भिडियो तयार पारिएको निर्देशक तथा संगीतकार संगीत आङ्खेवा लिम्बुले बताए । गीतको भिडियोलाई सुमन कुरुम्बाङले निर्माण गरेका छन् ।

भिडियोमा सहित

तपाईको प्रतिक्रिया