काठमाडौं – अभिनेत्री तापसी पन्नूको फिल्म ‘थप्पड’ को ट्रेलर सार्वजनिक भएको छ । २४ फेब्रुअरीमा रिलिज हुने तयारीमा रहेको यस फिल्मको ट्रेलर बिहीबार सार्वजनिक भएको हो । ट्रेलरमा तापसी आफ्नो घर(परिवारको विरुद्धमा गएर पतिको थप्पड सहनुभन्दा त्यसको विरोध गर्दै देखिएकी छिन् ।

अनुभव सिन्हाले निर्देशन गरेको यस फिल्ममा तपसी सशक्त महिलाको भूमिकामा देखिएकी छिन् । फिल्ममा रत्न पाठक शाह, मानव कौल, दिया मिर्जा, तन्वी आजमी र राम कपूर लगायतका कलाकारको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया