नेपाली संगीत क्षेत्रमा नयाँ सर्जक, कलाकारहरुको आगमनले नेपाली कला क्षेत्र बिस्तार र भरिपुर्ण बन्दै गरिरहेको छ । हरेक दिन नयाँ सिर्जना बजारमा सार्वजानिक भैरहेका छन ।सिनेमा, संगीत र साहित्यको क्षेत्रमा आफ्नो भविष्य खोज्ने युवा जमात ठुलो छ ।कति रहर गरेर आएका हुन्छन् भने कति यो क्षेत्रमै करियर बनाउछु भन्ने सोचका साथ आएका हुन्छन् । कति यो फिल्डमा टिक्छ्न कति कोसिसमा लागिरहनछ्न।
हुनत बेला बेला प्रतिभा पलायन को कुरा नआएको पनि होइन। कति विदेश पलाएन हुन्छ्न र उतै बिलाउछ्न। तर कति यस्ता पनि हुन्छ्न जो बिश्वको जुनै कुनामा मा भए पनि नेपाली कला साहित्य र संगीतलाई मन बाटै माया गर्छन।
झापा घर भै विगत २ वर्ष देखि कोरियामा रहनु भएकी कवि तथा गीतकार दिपा मेवाहाङ राईले आफ्नो पहिलो अफिसियएल म्युजिक भिडियो “हाँसी हाँसी” सार्वजनिक गरेकी छिन। सेण्टिमेन्टल भर्सनको यस गीतमा शब्द दिपा मेवाहाङ राईको
रहेको छ भने संगीत कोरियामा नै रहनु भएका संगीतकार डिआर अटुको रहेको छ । गीतमा स्वर चर्चित तथा लोकप्रिय गायिका अन्जु पन्तको रहेको छ । गीतको संगीत संयोजन राजु कार्कीले गरेका हुन। म्युजिक भिडियोमा कलाकार लक्ष्मी बर्देवा र रमेश बानियाको जिवन्त अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको यस गीतको भिडियोलाई बिकाश दहालले सम्पादन गरेका हुन । प्रकाश धितालको निर्देशनमा म्युजिक भिडियो तयार पारिएको हो ।
यसघि ३ वटा गीत र केहि कविताहरु प्रकाशनमा ल्यासकेकी राईले आफ्नो जन्मदिनको अवसर पारेर भिडियो सार्वजनिक गरेकी हुन । स्वयम् गीतकार राईको अफिसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । नयाँ प्रतिभालाई प्रोत्साहन गरिदिन गीतकार राईले सम्पुर्ण संगीतप्रेमी र मिडिया हाउसलाई आग्रह गरेकी छिन ।

तपाईको प्रतिक्रिया