काठमाडौं , माघ २० । चर्चित लोकगायक बद्री पंगेनीलाई पितृशोक परेको छ । गायक पंगेनीका पिता बोधराज पंगेनीको ७०बर्षको उमेरमा निधन भएको हो । लामो समय देखी दम रोग बाट पिडीत रहेका पंगेनीका पिता बोधराजको उपचारका क्रममा अस्पतालमा निधन भएको पारिवारिक श्रोतले इन्टरटेन्मेन्ट खवरलाई जानकारी दिएको छ ।

गायक पंगेनीका पिता बोधराजको दाहसंस्कारका लागि पाल्पाको रामपुर लागिएको पारिवारिक श्रोतले जनाइएको छ। बोधराजका दुई छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया