एजेन्सी । चर्चित हलिउड अभिनेता जोनी डेप यतिबेला चर्चामा छन् । उनी आफैं श्रीमतीको हिँसामा परेकाले चर्चामा आएका हुन् । पाइरेट्स अफ क्यराबियन फिल्मका चर्चित अभिनेता डेपलाई श्रीमती एम्बर हर्डले बारम्बार कुटपिट गर्ने गरेको खुलासा भएको छ । जोनी पाँच वर्षअघि विवाह बन्धनमा बाँधिएका थिए । त्यसैबेलादेखि श्रीमतीको घरेलु हिंसामा परेको रहस्य बाहिर आएपछि उनका प्रशंसकले यतिबेला जोनी डेपमाथि न्याय हुनुपर्छ भन्दै सामाजिक सञ्जालमा आवाज उठाएका छन्।

डेप र हर्ड सन् २०१५ मा वैवाहिक सम्वन्धमा बाँधिएका थिए। हर्डले २३ म्े २०१६ मा डेपमाथि सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन्। हर्डले आफुमाथि ड्रग्स र मदिराको प्रभावमा डेपले दुरव्यवहार गरेको भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन्। बेलायती पत्रिका डेली मेलले प्राप्त गरेको अडियो क्लिपमा उनीहरु आफ्नो वैवाहिक सम्बन्धको बारेमा कुरा गरिरहेको र उक्त क्लिप हर्डले डेपलाई पटक पटक हिर्काएको स्वीकार गरेको पाइएको छ । उक्त अडियो क्लिप सार्वजनिक भएसँगै जोनी डेपका प्रशंसकहरुले सामाजिक सञ्जालमा ‘जस्टिस फर जोनी डेप’ भन्दै अभियान नै चलाएका छन्।

तपाईको प्रतिक्रिया