काठमाडौँ । बलिउड अभिनेता अजय देवगनको सयौ फिल्म तानाजी बक्स अफिसमा सुपरहिट भएको छ । फिल्मले कैयौ किर्तिमान तोड्दै बक्स अफिसमा रिलिजको २४औ दिन २५० करोड कमाई गरेको छ । फिल्मले रिलिजको तीन दिनमा ५० करोड, ६ दिनमा सय करोड, १० दिनमा १५० करोड, १५ दिनमा २०० करोड र २४ दिनमा २५० करोड कमाई गरेको छ ।

साथै फिल्म तानाजी भारतीय फिल्मको इतिहासमा अहिलेसम्म धेरै कमाई गर्ने फिल्मको सुचीमा १२औ स्थानमा समेत आएको छ । धेरै कमाई गर्ने शिर्ष स्थानमा बाहुबली-२ रहेको छ भने त्यसपछि दंगल, संजु, पिके, टाइगर जिन्दा है, बजरंगी भाइजान, वार, पद्मावत, सुल्तान, धूम-३, कबीर सिंह रहेका छन् ।

त्यस्तै फिल्मले मुम्बई सर्किटमा मात्र सय करोडभन्दा बढी कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया